पर्सामा दुई सङ्क्रमितको मृत्यु | Khabarhub Khabarhub

पर्सामा दुई सङ्क्रमितको मृत्यु


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १:४५ र महिलाको १२:१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए ।

उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा सङ्क्रमित भएको पत्ता लागेको बताए ।

बितेको तीन दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : १० बजे

गौरा–बलानपट्टि सडक निर्माण गरिँदै

बोदेबरसाईन–  यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल

इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ

काठमाडौं- नेपालका लागि इजरायलका राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा