गण्डकी प्रदेशका तीन सांसदमा कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशका तीन सांसदमा कोरोना संक्रमण



पोखरा– गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको छ ।

सबै सांसदलाई कोभिड–१९ रिपोर्ट पठाइसकिएको छ । प्रदेश सभाका केही सांसदलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोद बिन्दु शर्माले बताए । संक्रमित हुनेमा गण्डकीमा एमालेका प्रदेश सांसद राजीव पहारी र प्रभा कोइराला तथा नेपाली कांग्रेसकी मनकुमारी गुरुङ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा सत्तारुढ दल एमाले सांसदहरुले पीसीआर परीक्षण नगरी संसद चल्न नदिने भन्दै संसद बैठक अवरोध गरेका थिए ।

विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण माग गर्दै आपत्ति जनाएका थिए । मंगलबार एमाले सांसद राजीव पहारीले बोलेपछि एमाले सांसदहरु बाहिरिएका थिए ।

एमाले सांसदको विरोधपछि मंगलबार नै सबै सांसदको स्वाब संकलन गरिएको थियो । एमाले सांसदको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेट बैठक स्थगित गरेका थिए । बैठक स्थगितपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सबै सांसदको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।

सोही बैठकमा सांसदलाई कोरोना पोजेटिभ देख्रिएमा बोल्न नपाउने तर मतदान गर्ने ब्यवस्था मिलाउने सहमति जुटेको थियो ।

पहिलो दिनको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । अविश्वासको प्रस्तावमाथि छलफल भएको बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ४८ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७