काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा संघीय सांसद गगन थापाले अमेरिकाले विभिन्न मुलुकलाई बाढ्न लागेको ६ करोड डोज खोप नेपालमा पनि ल्याउन सरकारसँग माग गरेका छन् ।
नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा आजै तीन वटा ट्वीट गर्दै अमेरिकी सरकारले ६ करोड डोज कोभिड-१९ खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भएकाले त्यो खोप नेपाल ल्याउने पहल गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले काठमाडौँस्थित अमेरिकी दूतावास र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै खोप नेपाल ल्याउने पहल थाल्न आग्रह गरेका छन् ।
प्रतिक्रिया