‘द गेम अफ थ्रोन्स’को प्रिक्वेल सिरिज तयारी « Khabarhub

‘द गेम अफ थ्रोन्स’को प्रिक्वेल सिरिज तयारी


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–अमेरिकी फेन्टासी ड्रामा सिरिज ‘द गेम अफ थ्रोन्स’को प्रिक्वेल सिरिज ‘हाउस अफ ड्रागन’को प्रि–प्रोडक्सनको काम सुरु भएको छ । सिरिज निर्माता कम्पनी एचबीओले यसको पुष्टि गरेको छ ।

बीबीसीमा प्रकाशित समाचारअनुसार एचबीओले सामाजिक दुरीलाई कायम राख्दै फिल्मसँग सम्बन्धित कलाकारहरु पेड्डी कोन्सिडिन र मेट स्मिथको तस्वीर सार्वजनिक गरेको छ ।

‘हाउस अफ द ड्रागन’ले ‘गेम अफ थ्रोन्स’ भन्दा तीन सय वर्ष अघिको समयलाई प्रस्तुत गर्नेछ । यसको कथा तार्गेरियनको परिवार वरपर घुम्नेछ ।

प्रिक्वेल सिरिज लेखक जर्ज आर आर मार्टिनको सन् २०१८ को उपन्यास ‘फायर एण्ड ब्लड’मा आधारित हुनेछ ।

मार्टिन, मिगुल सापोच्निक र र्यान जे कोन्डालले सिर्जना गरेको सिरिज सन् २०२२ मा एचबीओ म्याक्समा स्ट्रिमिङ हुनेछ ।

सिरिजमा कोन्सिडिनले न्यानो, दयालु र सभ्य राजा भिर्सेज तार्गारियनको भूमिका निभाउनेछन् ।

अघिल्लो सिरिजमा डाक्टर हु र दिवंगत इडिनबर्गका राजाको भूमिकामा अभिनय गरेका स्मिथले नयाँ सिरिजमा प्रिन्स डाइमन तार्गारियन भूमिकामा देखिनेछिन् ।

उनीहरुबाहेक इमा डआर्ची, स्टिभ टाउसेन्ट, राइज इफान्स र ओलिभिया कुकको पनि अभिनय रहनेछ ।

मार्टिनको ‘ए सङ अफ आइस एण्ड फायर’ पुस्तकबाट प्रभावित यो सिरिजका फ्यानहरुले तार्गारियनको परिवार कसरी गृहयुद्धमा फँसेको छ भन्ने नयाँ कुरा थाहा पाउनेछन् ।

अभिनेत्री एमिलिया क्लार्कले तिनीहरुको वंशजमध्ये एक डाइनेरीज तार्गारियनको भूमिकामा यसअघि अभिनय गरेकी थिइन् । यो चरित्र सिरिजको सन् २०११ देखि २०१९सम्मको आठौं संस्करणको महत्वपूर्ण चरित्र हो ।

यो सिरिजले ५९ एमी अवार्ड जित्नुका साथै टेलिभिजनको इतिहासमा सर्वाधिक सफल सिरिजमा आफूलाई उभ्याएको थियो । तर यसको अन्तिम सिजनको समीक्षा भने दर्शक र फ्यानमाझ विभाजित भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : २० बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको