प्रदेश २ मा कोरोना सक्रिय, रोकथाम र नियन्त्रण गर्न सरकार निष्क्रिय | Khabarhub Khabarhub

प्रदेश २ मा कोरोना सक्रिय, रोकथाम र नियन्त्रण गर्न सरकार निष्क्रिय


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । तर पूर्व तयारी र सरोकारवाला निकाय प्रदेश सरकारले बजेट नपठाएर निष्क्रिय बनेका छन् ।

प्रदेश सरकारले रकम नपठाउँदा आइसोलेशन सेन्टर निर्माण बनेका छैनन भने स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणको लागि दिने बजेट अझै आउन नसक्दा महामारीबाट बाँच्ने पूर्व तयारी गर्न नसकेको गुनासो गरिरहेका छन् । प्रदेश सरकारले स्थानीय तहलाई सशर्त अनुदानमार्फत दिने बजेट पालिकामा नपठाउँदा प्रदेशसभामा प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसद पनि सरकारको आलोचना गर्दै आएका छन् ।

प्रदेश सरकारले रकम पठाउन ढिलाइ गर्दा आइसोलेसन निर्माण नभएको भन्दै रकम नपठाए सम्म निर्माण नहुने मेडिकल सुपरिटेन्डेट बताउँछन् । सिरहा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव भन्छन्, ‘प्रदेश सरकारले विगतको भुक्तानी हालसम्म दिएको छैन । फेरि लगानी गरेर किन फस्ने ?’ रकम पठाएपछि मात्र आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

कोभिड–१९ धनुषा संयोजक डा. जामुन सिंह घरमा बसेका सक्रिय संक्रमितको निगरानीमा स्वास्थ्यकर्मी परिचालन हुनुपर्ने बताउँछन् । ‘वास्तवमा अहिले निगरानी भइरहेको छैन,’ उनले भने,’ तर हरेक वडामा स्वास्थ्यकर्मीको टोली बनाएर होम आइसोलेशनमा बसेका सक्रिय संक्रमितको निगरानी गर्न जरुरी छ ।’

बढ्दै सक्रिय संक्रमित

यस प्रदेशमा वैशाख १ मा २२४ जना सक्रिय संक्रमित थिए । एक हप्तापछि सक्रिय संक्रमितको संख्या दोब्बर भयो। वैशाख ८ मा ५५९ जना पुग्यो । ५ सय पुगेको एक हप्तापछि संक्रमितको संख्या तीन गुणाले बढेको छ । वैशाख १५ गते सम्म यसप्रदेशमा सक्रिय संक्रमित संख्या १ हजार ५४९ पुगेको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।

अस्पताल सञ्चालनमा ढिलाइ

प्रदेश २ मा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । विगत एक सातादेखि प्रति दिन १५० को दरले हरेक दिन संक्रमित थपिँदै गएको छ । कोरोना संक्रमितले वीरगञ्जका अस्पतालमा ठाउँ छैन । यसरी संक्रमित बढ्दै गयो भने प्रदेश २ मा संक्रमितले अस्पतालमा उपचारमा समेत गराउन नपाउने अवस्था आउने चिकित्सकहरूको भनाइ छ ।

यसअघि प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको जनकपुर नर्सिङ क्याम्पसमा आइसोलेशन सेन्टर सञ्चालन गरिएको थियो । अब सो क्याम्पसमा ५० बेडको कोभिड अस्पताल नै सञ्चालन गर्ने तयारी छ । तर जनशक्ति अभावका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ ।

प्रादेशिक अस्पतालले कोभिड अस्पताल सञ्चालनका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयसँग कर्मचारी माग गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कर्मचारी आपूर्तिका लागि मन्त्रालयमा पत्राचार गरेको चार दिन बितिसक्दा पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

अस्पतालमा बेड नहुँदा स‌ंक्रमित घरमै

आइसोलेशन अभावका कारण प्रदेश २ का कोरोनाका सक्रिय संक्रमित घरमै बस्न बाध्य छन् । सक्रिय संक्रमित घरमै बस्दा समुदायमा कोरोना झन् धेरै फैलने त्रास बढेको छ ।

घरमै बसेका संक्रमितले पनि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेका छैनन् । संक्रमितहरु खुलेआम घरबाहिर पनि हिँडडुल गरिरहेका छन् । सरकारले व्यवस्था गरेको आइसोलेशन नभए पनि होम क्वारिन्टिनमा बसेकाले पनि लापरबाही गरिएको एक स्वास्थ्यकर्मीले बताए ।

खेलाँची गर्दा कोरोनाले भयावह रुप लिने खतरा बढेको उनको भनाइ छ ।

उनका अनुसार कतिपय ठाउँमा आइसोलेशन सेन्टर नै छैनन् । जहाँ आइसोलेशन सेन्टर भएका ठाउँमा पनि संक्रमितलाई राखिएको छैन । प्रादेशिक अस्पताल जनकपुर र यस प्रदेशका अधिकांश जिल्ला अस्पतालमा आइसोलेशन सेन्टर छैन ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : १७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको