अभिनेता जिम्मी शेरगिल पक्राउ | Khabarhub Khabarhub

अभिनेता जिम्मी शेरगिल पक्राउ


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता जिम्मी शेरगिल कोरोना प्रोटोकल उल्लंघनको आरोपमा पक्राउ परेका छन् । प्रहरीले जिम्मीसहित ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई पञ्जाबकाे लुधियानाबाट पक्राउ गरेकाे हाे ।

उनलाई एकदिनअघि प्रोटोकल उल्लंघनको आरोपमा प्रहरीले जरिवाना तिराएको थियो । यसपछि पनि फेरी उनी रात्रीकालिन कर्फ्युमा निस्किएका थिए ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार पछिल्लो तीन दिनदेखि जिम्मीको टिम आर्य स्कुलमा एक पञ्जाबी फिल्मको सुटिङ गरिरहेको थियो । फिल्म युनिटले स्कुलको भवनलाई सेशन कोर्टको सेटमा परिणत गरेको थियो ।

प्रहरी अधिकारी मनिन्दर कौरले सुटिङस्थलमा भौतिक दुरी पालना नगरिएको सूचना सोमबार आएको बताए । ‘कसैले मास्क पनि नलगाएको सूचना पाएपछि एसीपी सेन्ट्रल वरियाम सिंहको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनीहरुलाई दुई चिट काटेको थियो’, मनिन्दरले भनेका छन् ।

प्रहरीले चिट काटे पनि फिल्म युनिटले पुनः नियमको उल्लंघन गरेको थियो । मंगबार बेलुका प्रहरीले नाइट कर्फ्युका बाबजुद पनि सुटिङ भइरहेको र सेटमा १ सय ५० व्यक्ति उपस्थित भएको सूचना पाएको थियो ।

यो सूचना पाएपछि प्रहरीले जिम्मीसहित ४ लाई पक्राउ गरेको हो । सबैका विरुद्ध सरकारी आदेशको उल्लंघन, ३ महामारी एक्ट र अन्य धारा अनुसार मुद्धा दर्ता गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : २५ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।