अभिनेता जिम्मी शेरगिल पक्राउ « Khabarhub

अभिनेता जिम्मी शेरगिल पक्राउ


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता जिम्मी शेरगिल कोरोना प्रोटोकल उल्लंघनको आरोपमा पक्राउ परेका छन् । प्रहरीले जिम्मीसहित ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई पञ्जाबकाे लुधियानाबाट पक्राउ गरेकाे हाे ।

उनलाई एकदिनअघि प्रोटोकल उल्लंघनको आरोपमा प्रहरीले जरिवाना तिराएको थियो । यसपछि पनि फेरी उनी रात्रीकालिन कर्फ्युमा निस्किएका थिए ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार पछिल्लो तीन दिनदेखि जिम्मीको टिम आर्य स्कुलमा एक पञ्जाबी फिल्मको सुटिङ गरिरहेको थियो । फिल्म युनिटले स्कुलको भवनलाई सेशन कोर्टको सेटमा परिणत गरेको थियो ।

प्रहरी अधिकारी मनिन्दर कौरले सुटिङस्थलमा भौतिक दुरी पालना नगरिएको सूचना सोमबार आएको बताए । ‘कसैले मास्क पनि नलगाएको सूचना पाएपछि एसीपी सेन्ट्रल वरियाम सिंहको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनीहरुलाई दुई चिट काटेको थियो’, मनिन्दरले भनेका छन् ।

प्रहरीले चिट काटे पनि फिल्म युनिटले पुनः नियमको उल्लंघन गरेको थियो । मंगबार बेलुका प्रहरीले नाइट कर्फ्युका बाबजुद पनि सुटिङ भइरहेको र सेटमा १ सय ५० व्यक्ति उपस्थित भएको सूचना पाएको थियो ।

यो सूचना पाएपछि प्रहरीले जिम्मीसहित ४ लाई पक्राउ गरेको हो । सबैका विरुद्ध सरकारी आदेशको उल्लंघन, ३ महामारी एक्ट र अन्य धारा अनुसार मुद्धा दर्ता गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : २५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका