कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण « Khabarhub

कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन् । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् ।

यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा(एमाले)को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै एमाले प्रदेशसभा दलले तिनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो । सोअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए ।

पदमुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेशप्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ । पर्यटनमन्त्री बुढाले उद्योगमन्त्रीका रुपमा यससँगै तीनपटक पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : १५ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती