४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप « Khabarhub

४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक बन्ने सपना साँचेका एक युवाको कथा समेटिएको फिल्म ‘प्रकाश’को सम्पूर्ण छायांकन पुरा भएको छ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म युनिटले जुम्लामा ४२ दिनमा सुटिङ पुरा गरेको हो ।

दिनेश राउत निर्देशित फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यसै फिल्ममार्फत फिल्मी अभिनयमा पाइला चालेकी हुन् ।

फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी‘आँपे’, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

निर्देशक राउतले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथालाई फिल्ममा देखाइने बताए ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, विकास सुवेदीको कथा, ,अनुप बरालको कास्टिङ डाइरेक्सन र ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : ३० बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित