आन्तरिक संघर्ष जारी राख्ने एमाले नेपाल–खनाल समूहको निर्णय « Khabarhub

आन्तरिक संघर्ष जारी राख्ने एमाले नेपाल–खनाल समूहको निर्णय


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीभित्र आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको छ ।

आज बसेको नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि स्वेच्छाचारी, पार्टीको विधानविपरित भएको निष्कर्ष निकालिएको नेता भीम रावलले जानकारी दिए ।

उनले भने,‘अहिले कोरोना महामारीलाई ध्यानमा राखेर हाम्रो अभियानलाई जारी राख्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।’

नेता रावलले कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गर्ने निर्णय समेत आफ्नो समूहको स्थायी कमिटिको बैठकले गरेको जानकारी दिए ।

कोरोनाका कारण समानान्तर गतिविधि केही कम हुने भए पनि नरोकिने उनले बताए । उनले भने,‘कोरोनाका कारण कतिपय गतिविधि कम हुनसक्छन् । हामी अभयिानलाई बन्द गर्ने अवस्थामा पुगेका छैनौँ ।’

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि