ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ९५ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ९५ हजार नाघ्यो



 

साओ पाओलो- ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ९५ हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड–१९ को सङ्क्रमणमा परेका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो । योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको हो ।

त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ब्राजिलमा हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ । सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ ।

साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ३५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी