भारतका पहिलो चीफ अफ डिफेन्स जनरल रावत नेपाल आउँदै « Khabarhub

भारतका पहिलो चीफ अफ डिफेन्स जनरल रावत नेपाल आउँदै


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका पहिलो चीफ अफ डिफेन्स (सीडीएस) विपिन रावत नेपाल भ्रमणमा आउने भएका छन् ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार सरकारले रावतलाई नेपाल भ्रमणको निम्तो पठाएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गत बैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

बैठकले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावत, यूवाईएसएम, एभीएसएम, वाईएसएम, एस एम, भीएसएम, एडीसीलाई दुबै पक्षको आपसी सहमति अनुसार तय हुने अनुकूल समयमा श्रीमती र स्टाफ अधिकृतसहित नेपाल भ्रमणको औपरारिक निमन्त्रणा पठाउन स्वीकृति दिने निर्णय गरेको हो ।

जनरल रावत यसअघि भारतिय सेनाको स्थलअध्यक्ष हुँदा नेपाल भ्रमणमा आएका थिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणमा रावत १५ चैत २०७३ मा नेपालको चार दिने औपचारिक भ्रमणमा उनी काठमाडौँ आएका थिए ।

यसपटकको भ्रमणका क्रममा उनले पशुपति नाथ र मुक्तिनाथको दर्शन गर्ने योजना बनाएको बुझिएको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लव पौडेलले (सीडीएस) रावतको भ्रमणको नेपाल सरकारले सैद्धान्तिक दिएको भएपनि भ्रमणको कार्यतालीका र समय निर्धारण दुवै पक्षको आपसी छलफलपछि उपयुक्त समयमा निर्धारण हुने जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी