भारतका पहिलो चीफ अफ डिफेन्स जनरल रावत नेपाल आउँदै « Khabarhub

भारतका पहिलो चीफ अफ डिफेन्स जनरल रावत नेपाल आउँदै


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका पहिलो चीफ अफ डिफेन्स (सीडीएस) विपिन रावत नेपाल भ्रमणमा आउने भएका छन् ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार सरकारले रावतलाई नेपाल भ्रमणको निम्तो पठाएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गत बैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

बैठकले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावत, यूवाईएसएम, एभीएसएम, वाईएसएम, एस एम, भीएसएम, एडीसीलाई दुबै पक्षको आपसी सहमति अनुसार तय हुने अनुकूल समयमा श्रीमती र स्टाफ अधिकृतसहित नेपाल भ्रमणको औपरारिक निमन्त्रणा पठाउन स्वीकृति दिने निर्णय गरेको हो ।

जनरल रावत यसअघि भारतिय सेनाको स्थलअध्यक्ष हुँदा नेपाल भ्रमणमा आएका थिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणमा रावत १५ चैत २०७३ मा नेपालको चार दिने औपचारिक भ्रमणमा उनी काठमाडौँ आएका थिए ।

यसपटकको भ्रमणका क्रममा उनले पशुपति नाथ र मुक्तिनाथको दर्शन गर्ने योजना बनाएको बुझिएको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लव पौडेलले (सीडीएस) रावतको भ्रमणको नेपाल सरकारले सैद्धान्तिक दिएको भएपनि भ्रमणको कार्यतालीका र समय निर्धारण दुवै पक्षको आपसी छलफलपछि उपयुक्त समयमा निर्धारण हुने जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि