नेपालमा कोरोनाको संक्रमण दर २२८ प्रतिशतले वृद्धि « Khabarhub

नेपालमा कोरोनाको संक्रमण दर २२८ प्रतिशतले वृद्धि


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन् । उनका अनुसार यसहप्ता यहाँको संक्रमण दर भारतको जस्तै रहेको छ ।

गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी संक्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको संक्रमणको दर एउटै रहेको उनले जनाइन् । “चार हप्तामा भारतजस्तै नेपालमा संक्रमणको दर छिटो छिटो बढेको छ”, उनले भनिन्, “नेपालमा भारतमा भन्दा बढी संक्रमण दर रहेको छ ।”

नेपाल भारतभन्दा द्रुत गतिमा संक्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिइन् ।

संसारभरमा नेपाल अहिले संक्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाइन् । एक जनाले दुई जनाभन्दा बढीलाई संक्रमण सारिरहेको छ । आज मात्र चार हजार ८९७ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा संक्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।

एक महिनामा एक लाख ९३ हजार सङ्क्रमित

उनका अनुसार यही दरमा संक्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन् ।

“एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ”, उनले भनिन्, “सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा संक्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।”

आज १७ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ५५ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई