नेपालमा कोरोनाको संक्रमण दर २२८ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

नेपालमा कोरोनाको संक्रमण दर २२८ प्रतिशतले वृद्धि


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन् । उनका अनुसार यसहप्ता यहाँको संक्रमण दर भारतको जस्तै रहेको छ ।

गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी संक्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको संक्रमणको दर एउटै रहेको उनले जनाइन् । “चार हप्तामा भारतजस्तै नेपालमा संक्रमणको दर छिटो छिटो बढेको छ”, उनले भनिन्, “नेपालमा भारतमा भन्दा बढी संक्रमण दर रहेको छ ।”

नेपाल भारतभन्दा द्रुत गतिमा संक्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिइन् ।

संसारभरमा नेपाल अहिले संक्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाइन् । एक जनाले दुई जनाभन्दा बढीलाई संक्रमण सारिरहेको छ । आज मात्र चार हजार ८९७ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा संक्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।

एक महिनामा एक लाख ९३ हजार सङ्क्रमित

उनका अनुसार यही दरमा संक्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन् ।

“एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ”, उनले भनिन्, “सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा संक्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।”

आज १७ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ५५ बजे

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित