धरानको प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच प्रहरी घाइते « Khabarhub

धरानको प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच प्रहरी घाइते


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच जना प्रहरी घाइते भएका छन् ।

प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित वडा समिति कार्यालयको अगाडि रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गर्दा असईसहित ५ जना प्रहरी घाइते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका उनीहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि आक्रमण गरेका हुन् ।

डीएसपी बस्नेतका अनुसार आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए । त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो ।

लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जाहेरी दिन आएका लिम्बूलाई कसले के विवादमा धम्की दिएको हो त्यसबारे भने केही नखुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

तस्बिर सौजन्यः निमा पोङ्स्युवा

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : ३२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको