भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण « Khabarhub

भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गरेको छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाका अनुसार विहीबार राति दाङका ५४ वर्षीय संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उनका अनुसार ४ जना स्वास्थ्यकर्मीले भने झ्यालबाट हामफालेर ज्यान बचाएका थिए ।

आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटिलखेटी आक्रमण गरेको थापाको भनाइ छ ।

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाको भनाइ छ । थापाले भने, ‘‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ,’ उनले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।”

चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ४९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र