गौतम बुद्धसँगको प्रेरक प्रसङ्ग « Khabarhub

गौतम बुद्धसँगको प्रेरक प्रसङ्ग


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवात बुद्धको अन्तिम समय थियो । आनन्द उनको नजिकै बसिरहेका थिए । त्यसै बेला अर्का एक शिष्य रुँदै आए । शिष्य रोएको आवाज सुनेर बुद्धले आनन्दसँग सोधे— आनन्द ! यहाँ को रोइरहेको छ ?

आनन्दले भने— भगवान्, ऊ भद्रक हो ।

किन रोइरहेको ?

तपाईंको अन्तिम दर्शनका लागि आएको हो ।

त्यसो भए उसलाई बोलाऊ । बुद्धले आनन्दलाई आदेश दिए । भद्रक उनको नजिक आए ।

बुद्धले सोधे— किन रोइरहेको ? के समस्या पर्‍यो ?

भद्रकले रुँदै भने— भगवान् ! जब तपाईं हुनुहुने छैन हामीलाई कसले प्रकाश देखाउने छ ?

बुद्धले उनलाई सम्झाउँदै भने— भद्रक ! प्रकाश भित्र छ । तीर्थ, देवता, मार्गदर्शक र बाहिरी आडम्बरीबाट त्यसलाई खोज्न सकिँदैन । मन, कर्म र वचनबाट शुद्ध बन र प्रकाश आफूभित्र प्राप्त गर । त्यो तिमीले पाउने छौ ।

भद्रक शान्त भए । उनले नयाँ दिशा पाएका थिए ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ३० बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित