गौतम बुद्धसँगको प्रेरक प्रसङ्ग « Khabarhub

गौतम बुद्धसँगको प्रेरक प्रसङ्ग


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवात बुद्धको अन्तिम समय थियो । आनन्द उनको नजिकै बसिरहेका थिए । त्यसै बेला अर्का एक शिष्य रुँदै आए । शिष्य रोएको आवाज सुनेर बुद्धले आनन्दसँग सोधे— आनन्द ! यहाँ को रोइरहेको छ ?

आनन्दले भने— भगवान्, ऊ भद्रक हो ।

किन रोइरहेको ?

तपाईंको अन्तिम दर्शनका लागि आएको हो ।

त्यसो भए उसलाई बोलाऊ । बुद्धले आनन्दलाई आदेश दिए । भद्रक उनको नजिक आए ।

बुद्धले सोधे— किन रोइरहेको ? के समस्या पर्‍यो ?

भद्रकले रुँदै भने— भगवान् ! जब तपाईं हुनुहुने छैन हामीलाई कसले प्रकाश देखाउने छ ?

बुद्धले उनलाई सम्झाउँदै भने— भद्रक ! प्रकाश भित्र छ । तीर्थ, देवता, मार्गदर्शक र बाहिरी आडम्बरीबाट त्यसलाई खोज्न सकिँदैन । मन, कर्म र वचनबाट शुद्ध बन र प्रकाश आफूभित्र प्राप्त गर । त्यो तिमीले पाउने छौ ।

भद्रक शान्त भए । उनले नयाँ दिशा पाएका थिए ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु