रेडियोकर्मी न्यौपानेको कोरोना संक्रमणबाट निधन | Khabarhub Khabarhub

रेडियोकर्मी न्यौपानेको कोरोना संक्रमणबाट निधन


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रोडकास्टर्स एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट आज निधन भएको छ ।

निजी रेडियो सञ्चालकको छाता संगठन बानको नेतृत्व गर्दै आएका न्यौपाने सुनसरीको इटहरीस्थित सप्तकोशी एफएमका प्रबन्ध निर्देशक थिए । उनको शुक्रबार बिहान ८ बजे विराट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रेडियोकर्मी न्यौपाने सरकारद्वारा केही महिनाअघि गठित विज्ञापन बोर्डको सदस्यसमेत थिए । उनी नेकपा (एमाले) को केन्द्रीय प्रचार विभागको सदस्य पनि थिए ।

कोरोना संक्रमण भएपछि उनको दुई सातादेखि विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ११ : २४ बजे

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ

काटेर सुकाएकै ठाउँमा भिज्यो धान

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर

अन्नपूर्ण आधार शिविरबाट एक सय ६२ पर्यटकको उद्दार (फोटो फिचर)

काठमाडौं – सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल