लाङटाङमा स्वास्थ्यकर्मी परिचालन | Khabarhub Khabarhub

लाङटाङमा स्वास्थ्यकर्मी परिचालन


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्काे बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ । कोभिड हो वा मौसमी फ्लु हो भन्नेबारे यकिन गर्न एन्टिजेन प्रविधिका सामग्रीसमेत स्वास्थ्यकर्मीको साथ पठाइएको अध्यक्ष तामाङले बताए ।

करिब ५०० जनसंख्या भएको लाङटाङ क्षेत्रमा १५÷२० दिन अगाडिदेखि धेरैजसो यस्ता खाले स्वास्थ्य समस्या आएको बताउँदै स्थानीय छिमी रेन्जेन तामाङले भौगोलिक विकट स्थानमा भगवान्को भरोसा भन्दै बसिरहेको अवस्थामा स्थानीय सरकारमार्फत उपचारका लागि औषधिसहित स्वास्थ्यकर्मी पठाइएको खबरले गाउँवासीमा उत्साह भएको जनाए ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा अवस्थित लाङटाङ क्षेत्रमा बासिन्दालाई दैनिक उपभोग्य सामान भने खच्चरमार्फत स्याफ्रुबेँसीबाट ढुवानी गरिरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ११ : २४ बजे

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका

इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द

कठमाडौं– इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द गरिएको छ ।

गण्डकी विश्वविद्यालयमा शिक्षक नियुक्ति प्रकरण : स्थायी सेवा पदपूर्तिका लागि बाटो खुल्यो 

पोखरा– गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी

इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’

काठमाडौं– इजरायल र इरानबीच द्वन्द्वप्रति चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘गहिरो