कोरोना महामारीका बेला प्रदेश सरकारले किन्यो बारुण यन्त्र « Khabarhub

कोरोना महामारीका बेला प्रदेश सरकारले किन्यो बारुण यन्त्र


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ कोरोना महामारीको हटस्पोट बनेको छ ।

उपचार अभावमा बिरामीको दैनिक ज्यान गइरेको छ । यस्तो बेलामा जनताको आस सरकारमाथि छ । तर, प्रदेश २ सरककारले यस्तो अक्रान्त अवस्थामा पनि जनताको जनधनको रक्षा गर्नुको साटो बारुण यन्त्र खरिद गरेको छ ।

प्रदेश सरकारले महामारी नियन्त्रणमा ध्यान नदिएर करिब ५ करोडको लागतमा ९ वटा बारुण यन्त्र खरिद गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको बारुण यन्त्र बिहीबार साँझ जनकपुरधाम मधेश भवन आइपुगेपछि महामारीमा ध्यान नदिएर सरकार कमिसनको लागि तत्काल आवश्यक नभएको बरुणयन्त्र खरिद गरेको भन्दै जताततै आलोचना हुन थालेको हो ।

प्रदेशका ८ वटा जिल्ला प्रशासन कार्यालयलाई १/१ वटा र प्रदेश प्रहरी कार्यालयलका लागि ९ वटा बारुण खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए ।

उनका अनुसार एउटा बारुण यन्त्रको खरिद मूल्य करिब ५३ लाख रुपैयाँ परेको छ । बारुण यन्त्र कहाँबाट खरिद गरिएको विषयमा उनले बोल्न मानेनन् ।

तर, प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै योजना समावेश भएको हुनाले खरिद भएको उनले बताए । प्रदेशमा सक्रिय संक्रमितको संख्या साढे ११ हजार पुगिसकेको छ ।

जसमध्ये ९५ प्रतिशत घरमै बस्नुपरेको अवस्था छ । अस्पतालमा शैय्या छैन । शैय्या पाएकाहरु पनि उपचार नपाएको गुनासो गर्छन् । तर सरकार स्वास्थ्य सुरक्षामा मौन बसेका छन् ।

कुनै अस्पतालमा औषधि अभाव त कुनैमा अक्सिजन अभाव देखिएको छ । अक्सिजन प्लान्ट र औषधिको आवश्यकता रहेका बेला प्रदेश सरकारले बारुण यन्त्र खरिद गरेपछि सामाजिक सञ्जालमासमेत आलोचना शुरु भएको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच वटा बस खरिद गरेको थियो । तर उक्त बसहरु मधेश भवनमा आठ महिनादेखि थन्केको छ ।

खुल्ला आकाशमुनि राखिएको उक्त बसमा खिया लाग्न थाले पनि कहिलेदेखि सञ्चालनमा आउने कुराको अतोपतो छैन ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १२ : ४४ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको