आजबाट काठमाडौँ महानगरभित्र वृहत कोभिड परीक्षण « Khabarhub

आजबाट काठमाडौँ महानगरभित्र वृहत कोभिड परीक्षण


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरले आजबाट एन्टिजेनमा आधारित वृहत कोभिड परीक्षण शुरू गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा हुने परीक्षणको पहिलो दिन अर्थात आज जेठ १४ गते वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण हुदैछ ।

परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका विरामीलाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्उँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ ।

हरेक दिन १० वडा केन्द्रबाट परीक्षण गर्ने योजनाअनुसार जेठ १५ गते वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

यसै गरी जेठ १६ गते आइतबार १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने कोभिड सम्पर्क अधिकारी ज्ञानबहादुर ओली बताउँछन् ।

यसैगरी जेठ १७ गते ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ क तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गरिने भएको हो । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ् (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ । कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङ्मा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्न लागिएको हो ।

महानगरले यस लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिहरुलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन आग्रह गरेको छ । परीक्षण, केन्द्र तथा अन्य जानकारीका लागि नागरिकलाई सजिलो होस् भनेर महानगरले क्लिनिक इन्चार्जहरुको सम्पर्क नं. समेत सार्वजनिक गरेको छ । यससम्बन्धि कुनै जानकारी चाहिए सम्बन्धित वडाका क्लिनिक इन्चार्जहरुसँग सम्पर्क गर्न सकिने जनस्वास्थ्य विभागको भनाइ छ ।

परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ ।

यस अघि कालीमाटी तरकारी तथा फलफुल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिसकिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १ : ४४ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको