तोडफोड भएको भेन्टिलेटर बनेन् « Khabarhub

तोडफोड भएको भेन्टिलेटर बनेन्

पाँच लाख धरौटीमा छुटे तोडफोड गर्ने अभियुक्त


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुधाम– प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै तोडफोड भएको भेन्टिलेटर अझै बनेको छैन ।

भेन्टिलेर अभावमा बिरामीहरु छट्पटाईहेको बेला सम्बन्धित निकायको वेवास्ताका कारण भेन्टिलेटर मर्मत हुन सकेको छैन ।

गएको बैशाख २८ गते महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय शुखीचन महतोको उपचारमा चिकित्सकले लापरवाही गर्दा ज्यान गएको भन्दै उनको दुई छोराले भेन्टिलेटर तोडफोड गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिडेन्ट डा. प्रमोदकुमार यादवले हाल सम्म तोडफोड भएको भेन्टिलेटर बन्न नसकेको जानकारी दिए । उनको अनुसार भेन्टिलेटरमा इटाले तोडफोड भएको हुनाले बन्ने सम्भावना कम छ । तर, कम्पनीलाई मर्मत गर्दिन पत्राचार गरेको र कम्पनीको तर्फबाट कुनै जवाफ नआएको उनको भनाइ छ ।

उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै मृतक महतोका छोराद्वय ३४ वर्षीय मनोज महतो र २७ वर्षीय पप्पु महतोले दुई भेन्टिलेटरमा तोडफोड गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर सामाजिक उपद्र तथा अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।

तीन दिन पहिले पाँच लाख धरौटीमा दुबैजना रिहा भएको धनुषाका प्रहरी उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । अदालतको फैसला गरे अनुसार प्रकृया अगाडी बढ्ने उनले बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : ०६ बजे

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र