‘गुराँस’ले जित्यो १० हजार यूराेकाे हुबर्ट बल्स फण्ड « Khabarhub

‘गुराँस’ले जित्यो १० हजार यूराेकाे हुबर्ट बल्स फण्ड


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौरभ राईले निर्देशन गर्न लागेको फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्डअन्तर्गत १० हजार यूरो रकमको हुबर्ट बल्स फण्ड जितेको छ ।

नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मलाई नेपालमा आइसफल प्रोडक्सनले निर्माण गर्दैछ ।

आइसफल प्रमुख रामकृष्ण पोखरेलले फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको बताए । हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तानलगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो ।

कालिम्पोङ मुलथलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले ‘मुम्बई फिल्म फेस्टिभल’को सबैभन्दा ठूलो पुरस्कार ‘ग्रान्ड प्राइज’जितेको थियो । यो फिल्मको वल्र्ड प्रिमियर नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो ।

योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुँड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो । निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए ।

फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माण साझेदारी रहनेछ । यो बाहेक संजय गुलाटी पनियो फिल्मको निर्माणमा साझेदार रहनेछन् ।

आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्यप्रतिस्पर्धामा छनोट भएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : २० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर