भेरी अस्पतालमा हिजो भएको घटना कालो दिन : चिकित्सक संघ | Khabarhub Khabarhub

भेरी अस्पतालमा हिजो भएको घटना कालो दिन : चिकित्सक संघ


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले भेरी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटना भएको हिजोको दिनलाई कालो दिनका रुपमा घोषणा गरेको छ ।

संघका महासचिव डा. बद्री रिजालले हिजो घटना भएको दिनलाई कालो दिन घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । संघले उक्त घट्नाको विरोधमा आज एकदिन हातमा कालोपट्टी बाँधेर काम गर्न पनि सबै स्वास्थ्यकर्मीमा अपिलसमेत गरेको छ ।

ड्यूटीमा खटिएका स्वास्थ्यकर्मीको काममा बाधा बिरोध गर्नेलाई बिना धरौटी थुनामा राखेर कारबाही गर्ने कानुन अध्यादेशमार्फत ल्याउन संघले सरकारसँग माग राखेको छ ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने कार्यमा संलग्न रहेका व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न संघले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : १५ बजे

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट