निषेधाज्ञामा वेवारिसे बनेका पशुपक्षीलाई आहारा खुवाउँदै अभियन्ता श्रेष्ठ « Khabarhub

निषेधाज्ञामा वेवारिसे बनेका पशुपक्षीलाई आहारा खुवाउँदै अभियन्ता श्रेष्ठ


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी निषेधाज्ञाले बजार पसल बन्द छन् । बजार पसल बन्दा हुँदा बजारमै आश्रित भएका पशुपक्षी भने भोकै परेका छन् ।

यसरी भोकै परेका काभ्रेको बनेपा बजारका पशुपक्षीलाई अभियन्ता रोहित श्रेष्ठले खानेकुरा खुवाउँदै आएका छन् ।

अघिल्लो पटक पनि यो अभियान चलाएका श्रेष्ठले अहिले दैनिक ३५० कुकुरलाई दैनिक एक समयका लागि खाना तथा बिरामीको उपचार गर्दै आएका छन् ।

आफ्नो निजी खर्चमा पशुपक्षीलाई भोकै नराख्ने अभियान चलाएका श्रेष्ठले यो निषेधाज्ञा अवधिभर यो अभियान चलाउने बताएका छन् ।

उनको यो अभियानलाई उनकै साथीहरु शरराज उप्रेती , जलजला सुवाल, शृजन मानन्धर , शयल राजबाहक र सुशन प्रधानले साथ दिँदै आएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : १९ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज