निषेधाज्ञामा वेवारिसे बनेका पशुपक्षीलाई आहारा खुवाउँदै अभियन्ता श्रेष्ठ | Khabarhub Khabarhub

निषेधाज्ञामा वेवारिसे बनेका पशुपक्षीलाई आहारा खुवाउँदै अभियन्ता श्रेष्ठ


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी निषेधाज्ञाले बजार पसल बन्द छन् । बजार पसल बन्दा हुँदा बजारमै आश्रित भएका पशुपक्षी भने भोकै परेका छन् ।

यसरी भोकै परेका काभ्रेको बनेपा बजारका पशुपक्षीलाई अभियन्ता रोहित श्रेष्ठले खानेकुरा खुवाउँदै आएका छन् ।

अघिल्लो पटक पनि यो अभियान चलाएका श्रेष्ठले अहिले दैनिक ३५० कुकुरलाई दैनिक एक समयका लागि खाना तथा बिरामीको उपचार गर्दै आएका छन् ।

आफ्नो निजी खर्चमा पशुपक्षीलाई भोकै नराख्ने अभियान चलाएका श्रेष्ठले यो निषेधाज्ञा अवधिभर यो अभियान चलाउने बताएका छन् ।

उनको यो अभियानलाई उनकै साथीहरु शरराज उप्रेती , जलजला सुवाल, शृजन मानन्धर , शयल राजबाहक र सुशन प्रधानले साथ दिँदै आएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : १९ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि