निवेदक पक्षका वकिल र महान्यायाधिवक्ताबीच मतभेद भएपछि सुनुवाइ स्थगित « Khabarhub

निवेदक पक्षका वकिल र महान्यायाधिवक्ताबीच मतभेद भएपछि सुनुवाइ स्थगित


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर रिटमाथिको आजको सुनुवाइमा स्थगित भएको छ ।

रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच इजलासमै मतभेद भएपछि सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको छ ।

तत्कालीन नेकपाको विवादका बारेमा फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको विषयमा रिट दायर गर्ने पक्षका अधिवक्ता गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले प्रश्न उठाएपछि इजलासमा मतभेद देखिएको थियो ।

अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ इजलासमा नरहँदा अदालतको मान बढ्ने कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने जवाफ फर्काएका थिए ।

विवादकै बीच शम्भु थापा, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएका थिए । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद समेत भएको थियो ।

महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकारसमेत लिन खोजेको भन्दै प्रतिवाद गरेका थिए ।

खबरहबसँग कुरा गर्दै महान्यायाधिवक्ता वडालले आफूले इजलासमा कानून व्यवसायीको आचारसंहिताको विषय उठाएको बताए ।

उनले भने,‘मैले इजलासमा वकिलको इथिक्स उठाएको विषय हो । कुनै पनि न्यायाधीशमाथि वकिलले प्रश्न उठाउने होइन । शेरबहादुर देउवाको मुद्दामा वकिलले पक्ष र विपक्षमा बहश गरेका थिए । एउटा वकिलले पक्ष र विपक्षमा बहश गर्न मिल्दैन भनेको हो ।’

विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : ४२ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज