निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई प्रधानमन्त्रीको आह्वान « Khabarhub

निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई प्रधानमन्त्रीको आह्वान


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरे ।

‘ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हो ।’

प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ४ : ५१ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि