ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना निन्दनीय : प्रधानमन्त्री « Khabarhub

ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना निन्दनीय : प्रधानमन्त्री


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणको घटना निन्दनीय भएको बताएका छन् ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुमाथि आक्रमण हुनु निकै दुखद र निन्दनीय भएको बताएका हुन् । उने यस घटनालाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् ।

उनले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् । उनले सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।

सम्बोधनकै क्रममा उनले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् । उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए । त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए ।
उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक प्रक्रियबाट आफू संविधानको धारा ७६ (३) अनुसार सरकार बनेको र त्यसपछि पनि अवस्थामा तात्विक भिन्नता नआएको बताए ।

त्यसपछि आफूले मार्ग प्रशस्त गर्दै उपधारा ५ को सरकार गठन गर्न आह्वान गरेको तर दलहरूमा सिद्धान्तहीन गठबन्धन बनेको एमाले र जनता समाजवादी पार्टीका सांसदहरूले दलीय पद्धति नाघेको उनले बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ४ : ४२ बजे

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको