सबै नागरिकलाई खोपको प्रबन्ध गर्छौँ : प्रधानमन्त्री « Khabarhub

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छौँ : प्रधानमन्त्री


१४ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।

खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यसमा विश्वव्यापी सहकार्यमा जोड दिए ।

प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको बताए । उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ५ : १२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६