दीपकराज लेख्छन्, ‘‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ’ « Khabarhub

दीपकराज लेख्छन्, ‘‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ’


१४ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय कलाकारमा पर्छन् । राजनीतिक विषय होस् या अन्य, उनी निकै चोटिलो किसिमले स्टाटसमार्फत व्यंग्य गर्छन् ।

शुक्रबार पनि उनले एक स्टाटस लेखे । आफ्नो ‘बा’लाई मूलपात्र बनाएर लेखेको उनको स्टाटस प्रधामन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन प्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्थ्यो ।

किनकी प्रधानमन्त्रीका समर्थकहरु उनलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । यो सम्बोधन सामाजिक सञ्जालमा लेखिएका पोस्टल प्रष्ट्याउछ ।

दीपकराजले सानो छँदा आफूलाई ‘बा’ले देशको कथा सुनाउने गरेको लेखेका छन् । ‘सानो छँदा ‘बा’ले देशको कथा भन्थे । म मन्त्रमुग्ध भएर सुन्थें, बाका हरेक कुरामा ताली ठोक्ने हात यिनै हुन्’, उनले लेखेका छन् ।

उनले अहिलेको ‘बा’को कथालाई बुझ्न नसकेको हो कि भनी उल्लेख गरेका छन् । ‘तर आजकल ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ । हाम्रा ‘बा’को कथा भन्ने शैली पुराना भा हो कि, म धेरै बुझ्ने भा हुँ केहि था छैन’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ०५ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित