मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थपियो « Khabarhub

मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थपियो


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिने क्रम कायमै रहेको भन्दै गण्डकी प्रदेश अन्तर्गतका मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थप गरिएको छ ।

दुवै जिल्लामा तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ । यसअघि नवलपुर र कास्की जिल्लाले पनि निषेधाज्ञा थप गरिसकेको छ ।

मुस्ताङमा यसअघि बैशाख ३० गते जारी गरिएको निषेधाज्ञा दोश्रो पटक जेठ १५ गते राति १२ बजेसम्म कायम गरिएको थियो । तेस्रो पटक आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कोभिड संकटग्रष्त क्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका भित्र लागु हुने गरी निषेधाज्ञा लागू गरिएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् ।

जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति मुस्ताङले निषेधाआज्ञाका कारण संक्रमण न्यूनिकरण हुँदै गइरहेको निश्कर्ष निकाल्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

मुस्ताङको जोमसोममा रहेको एक मात्र जिल्ला अस्पतालमा आईसीयू, भेन्टिलेटर तथा आवश्यक जनशक्तिको समेत अभाव हुँदा गम्भीर अवस्थाका विरामीलाई पोखरा ल्याउनुपर्ने बाध्यता छ । मुस्ताङमा कोरोना संक्रमण दोस्रो लहर शुरु भएपछि मात्रै ८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, बागलुङ जिल्लामा पनि अरु एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को आजको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

बागलुङमा गत बैशाख २१ गतेदेखि जारी गरिएको निषेधाज्ञा दोस्रो पटक जेठ १५ गते राती १२ बजेसम्म तोकिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ३० बजे

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ । 

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज – खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित