अमेरिकामा प्रिमियर हुँदै ‘ओभर डोज’ « Khabarhub

अमेरिकामा प्रिमियर हुँदै ‘ओभर डोज’


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्म यही मे २९ अर्थात भोलि अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुन लागेको हो ।

लागुऔषध र अपराधको कथा समेटिएको फिल्ममा प्रनिषराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकी कलाकारको अभिनय छ ।

सुमन पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको छ । यो टिमले सट फिल्म, म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको छ । उनीहरुको पहिलो यो फिचर फिल्म पहिलो हो ।

यस फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् ।

दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । उनी पढाईको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् ।

दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ४३ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली