भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी « Khabarhub

भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेदजनक भएको बताएकी छिन् ।

उनले आज ट्वीट गर्दै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति गरिएको दुर्व्यवहार खेदजनक भएको बताएकी छिन् ।

“दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो”, उनले ट्वीटमा उल्लेख गरेकी छिन् ।

उपचारका क्रममा एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले यही जेठ १३ गते साँझ अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ०१ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ