तीन विषयमा सरकारको ध्यानाकर्षण – कास्की कांग्रेस « Khabarhub

तीन विषयमा सरकारको ध्यानाकर्षण – कास्की कांग्रेस


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका तर्फबाट सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना सङ्क्रमितबाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण गराएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा छ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट वञ्चित गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

“अक्सिजनको अभावमा बिरामी मार्न पाइँदैन, यो सरकार र अस्पताल प्रशासनको गम्भीर लापरवाही हो”, विज्ञप्तिमा भनिएको छ, “बिरामीको स्वास्थ्य उपचारमा भएको लापरवाहीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” जोखिमको अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गरिरहेको अवस्थामा भेरी अस्पतालमा सरकारकै संलग्नतामा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले निन्दा गरेको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल नबनाएर अन्य विकल्प तयार गर्न पार्टीका तर्फबाट पटकपटक गरेको आग्रहप्रति सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा धेरै विकल्प हुँदाहुदै कोभिडबाहेकका अन्य बिरामीको सहज उपचारको पहुँचमा रहेको क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएपछि अन्य बिरामी अलपत्र पर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : १० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट