तीन विषयमा सरकारको ध्यानाकर्षण – कास्की कांग्रेस « Khabarhub

तीन विषयमा सरकारको ध्यानाकर्षण – कास्की कांग्रेस


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका तर्फबाट सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना सङ्क्रमितबाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण गराएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा छ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट वञ्चित गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

“अक्सिजनको अभावमा बिरामी मार्न पाइँदैन, यो सरकार र अस्पताल प्रशासनको गम्भीर लापरवाही हो”, विज्ञप्तिमा भनिएको छ, “बिरामीको स्वास्थ्य उपचारमा भएको लापरवाहीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” जोखिमको अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गरिरहेको अवस्थामा भेरी अस्पतालमा सरकारकै संलग्नतामा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले निन्दा गरेको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल नबनाएर अन्य विकल्प तयार गर्न पार्टीका तर्फबाट पटकपटक गरेको आग्रहप्रति सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा धेरै विकल्प हुँदाहुदै कोभिडबाहेकका अन्य बिरामीको सहज उपचारको पहुँचमा रहेको क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएपछि अन्य बिरामी अलपत्र पर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : १० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित