देशभर ११ हजार स्थानमा सीसीटिभी | Khabarhub Khabarhub

देशभर ११ हजार स्थानमा सीसीटिभी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको अधिकृतम उपयोगमा जोड दिइएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणानुसार आव २०७७/७८ फागुनसम्ममा प्रविधि अधिकतम उपयोग गर्ने लक्ष्यानुरुप झण्डै ११ हजार सार्वजनिक स्थानमा सीसीटिभी जडान गरी सुरक्षको निगरानी थालिएको छ ।

दोस्रो चरणको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनानुरुप करीब तीन हजार जनशक्तिलाई तालीम प्रदान गरिएको जनाइएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक सञ्चार एप्स निर्माण गरी १९ सुरक्षाचौकीमा प्रयोग गरिएको छ । घटना दुर्घटनाको भौतिक सबुद प्रमाणको परीक्षण, विशेषज्ञबाट बकपत्र, पोलिग्राफ परीक्षण, औँठा छापको अभिलेख राख्दै जाने योजनानुसार उक्त आवको फागुनसम्म ८५७ पोलिग्राफ परीक्षण गरिएको र साइबर ब्युरोबाट विद्युतीय कारोवारसम्बन्धी ५० मुद्दाको अनुसन्धान सम्पन्न भएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमा चेतनामूलक कार्यक्रममा समेत जोड दिइएको छ । उक्त अवधिमा झण्डै १६ लाखलाई प्रशिक्षित गराइएको छ । लैंगिक हिंसासम्बन्धी दुई हजार २८३ मुद्दा दर्ता भएकामा एक हजार ८१४ फर्छ्योट गरिएको सर्वेक्षणमा उल्लेख छ ।

नेपाल भित्रिने र बाहिरिने सबै विदेशीको जैविक सूचनासहितको विवरण राख्ने गरी नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।

विदेशीस्थित ३९ नेपाली नियोगबाट समेत नेपाली पोर्टमार्फत प्रवेशाज्ञा जारी गर्न शुरु गरिएको जनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आउने विदेशी पर्यटकका लागि अध्यागमन प्रक्रिया सहजीकरण गर्न सुरक्षा गार्ड तथा प्रशिक्षार्थी विद्यार्थीसमेत परिचालन गरी व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण सम्पन्न गरिएको र वार्षिक औसत ५.०६ प्रतिशतले प्रयोगकर्ताको संख्या वृद्धि भई कुल एक लाख ३० हजार ४२४ पुगेका छन् जसमा ९३ प्रशित बढी पुरुष छन् ।

विपद् व्यवस्थापनका लागि नेपालका सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन प्रतिकार्ययोजना तयार भएको र ६६ जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ४५ बजे

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का