गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पताल भर्ना « Khabarhub

गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पताल भर्ना


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक एवं संगीतकार दीप श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिए ।

श्रेष्ठको अहिले काठमाडौंको हाम्स् अस्पतालमा उपचार भइरहेको छ । गायकल खरेलले श्रेष्ठको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मी धन्यावाद दिँदै श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन् ।

श्रेष्ठ फ्रेन्चाइज टेलिभिजन कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’ का कोचसमेत छन् । नेपाली आधुनिक गायनका अग्रणी गायक श्रेष्ठ पाँच दशक भन्दा बढी समयदेखि निरन्तर संगीत साधनामा छन् । उनले नेपाली संगीतका लागि एउटा नौलो शैली दिएका छन् । दीप श्रेष्ठका ‘बितेका कुराले’, कति कमजोर रहेछ भाग्य,’ तिमी टाढा हुन्छौ जति,’ ‘हर रात सपनीमा ऐठन हुन्छ,’ लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : २० बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले