लागुऔषध मामलामा अभिनेत्री हिनासहित २२ जना पक्राउ « Khabarhub

लागुऔषध मामलामा अभिनेत्री हिनासहित २२ जना पक्राउ


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– महाराष्ट्र प्रहरीले एक पाटीमा छापामारी २२ व्यक्तिलाई पक्राउ गरेको छ । यी २२ व्यक्तिमा मराठी फिल्मकी अभिनेत्री हिना पाञ्चालसहित केही कलाकार र कोरियोग्राफर छन् । उनीहरुलाई अहिले हिरासतमा राखिएको छ ।

प्रहरीको टोलीले पार्टीबाट लागुऔषध र केही रुपैंयाँ बरामद गरेको छ । उनीहरुको हाल मेडिकल जाँच भइरहेको छ । पक्राउ परेकी अभिनेत्री हिनाले हिन्दी र मराठी फिल्ममा अभिनय गरेकी छन् ।

उनी आइटम गीत ‘बलम बम्बई’ र ‘बेवडा बेवडा जालो मी टाइट’का लागि लोकप्रिय छिन् । यसबाहेक उनले सन् २०१९ मा ‘बिग बोस मराठी’मा पनि सहभागिता जनाएकी थिइन् । सन् २०२० फेब्रुअरीमा उनी डेटिङ रियालिटी टेलिभिजन सिरिज ‘मुझसे शादी करोगे’को प्रतिष्पर्धी पनि थिइन् ।

बलिउड र लागुऔषधको पुरानो नाता छ । पछिल्लो केही वर्ष यता लागुऔषध मामलामा सेलिब्रेटीहरु जोडिएपछि प्रहरीले सबै स्टारहरुमाथि निगरानी गरिरहेका छन् । केही दिन अघि प्रहरीको एक टोलीले अभिनेत्री नायरा नेहल शाहलाई पक्राउ गरेको थियो ।

अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि लागुऔषधको मामला चर्चाको विषय बनेको छ । एनसीबीले यसको अनुसन्धान गरेको थियो । सुशान्तको निधनमा लागुऔषध मामला जोडिएपछि एनसीबी र प्रहरीले लगातार अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  २ : १५ बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम