लागुऔषध मामलामा अभिनेत्री हिनासहित २२ जना पक्राउ « Khabarhub

लागुऔषध मामलामा अभिनेत्री हिनासहित २२ जना पक्राउ


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– महाराष्ट्र प्रहरीले एक पाटीमा छापामारी २२ व्यक्तिलाई पक्राउ गरेको छ । यी २२ व्यक्तिमा मराठी फिल्मकी अभिनेत्री हिना पाञ्चालसहित केही कलाकार र कोरियोग्राफर छन् । उनीहरुलाई अहिले हिरासतमा राखिएको छ ।

प्रहरीको टोलीले पार्टीबाट लागुऔषध र केही रुपैंयाँ बरामद गरेको छ । उनीहरुको हाल मेडिकल जाँच भइरहेको छ । पक्राउ परेकी अभिनेत्री हिनाले हिन्दी र मराठी फिल्ममा अभिनय गरेकी छन् ।

उनी आइटम गीत ‘बलम बम्बई’ र ‘बेवडा बेवडा जालो मी टाइट’का लागि लोकप्रिय छिन् । यसबाहेक उनले सन् २०१९ मा ‘बिग बोस मराठी’मा पनि सहभागिता जनाएकी थिइन् । सन् २०२० फेब्रुअरीमा उनी डेटिङ रियालिटी टेलिभिजन सिरिज ‘मुझसे शादी करोगे’को प्रतिष्पर्धी पनि थिइन् ।

बलिउड र लागुऔषधको पुरानो नाता छ । पछिल्लो केही वर्ष यता लागुऔषध मामलामा सेलिब्रेटीहरु जोडिएपछि प्रहरीले सबै स्टारहरुमाथि निगरानी गरिरहेका छन् । केही दिन अघि प्रहरीको एक टोलीले अभिनेत्री नायरा नेहल शाहलाई पक्राउ गरेको थियो ।

अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि लागुऔषधको मामला चर्चाको विषय बनेको छ । एनसीबीले यसको अनुसन्धान गरेको थियो । सुशान्तको निधनमा लागुऔषध मामला जोडिएपछि एनसीबी र प्रहरीले लगातार अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  २ : १५ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको