‘एलियन’मा जोडिइन् तापसी « Khabarhub

‘एलियन’मा जोडिइन् तापसी


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री तापसी पन्नु बलिउडकै व्यस्त अभिनेत्रीमा पर्छिन् । उनको हातमा अहिले कैयौं फिल्म छन् । यसमा कैयौं सुटिङमा रोएिका छन् भने केही रिलिजको तयारीमा छन् ।

यहीबीचमा उनले एक साइन्स फिक्सन फिल्ममा काम गर्नका लागि सहमति जनाएको समाचार सार्वजनिक भएको छ । यो फिल्ममा एलियनको कथा हुनेछ । फिल्मको नाम ‘एलियन’ हुनेछ ।

फिल्मको निर्देशन भारत नीलकंठनले गर्दैछन् । नीलकंठनले तापसीलाई कथा सुनाइसकेका छन् । जसअनुसार उनले पनि सहमति जनाइसकेकी छन् । यो फिल्म हलिउडका अन्य साइन्स फिक्सनबाट प्रभावित नहुने निर्माण पक्षको दाबी छ ।

फिल्ममा भारत जस्तो देशमा आम मानिसबीच एलियन्सले कसरी उपस्थित जनाउदैछ भन्ने देखाइनेछ । भीएफएक्सको अधिक प्रयोग हुने यो फिल्ममा भीएफएक्सकै लागि १० करोड बजेट छुट्याइएको छ । भारतले यसअघि ‘के १३’ निर्देशन गरेका थिए ।

तापसी अभिनित फिल्म ‘हसीन दिलरुबा’, ‘रश्मि रकेट’, ‘लूप लपेटा’, ‘दोबारा’, ‘शाबाश मितु’ जस्ता फिल्म रिलिजको तयारीमा छन् । ‘हसीन दिलरुबा’ जुलाई २ मा ओटीटीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ३० बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम