१५ लाख राशीको ‘एनआरएन द सिंगर’ सुरु « Khabarhub

१५ लाख राशीको ‘एनआरएन द सिंगर’ सुरु


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन–विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको ‘एनआरएन द सिंगर’को शुभारम्भ गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा संगीतकार शम्भुजीत बासकोटाले संयुक्त रूपमा शुभारम्भ गरे ।

संघका केन्द्रीय अध्यक्ष पन्तले कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिए । संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरे । उनले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरे ।

प्रि–अडिसनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । निर्णायक समितिका प्रमुख निर्णायक बासकोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा निर्णायक शम्भु राई, आइसिसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटनपछि प्रिअडिशन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपाली भाषी अग्रज र अनुजका स्वर प्रतिभा पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिंगर’ शुरु गरेको हो ।

कार्यक्रममा प्रथम पुरस्कार १५ लाख, द्वितीय पुरस्कार सात लाख र तृतीय पुरस्कार चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिंगर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिङ्कसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

‘खोजीः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा संगीतकार बासकोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

कार्यक्रमको सह–उत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवी टेक्नोलोजी प्रविधि पार्टनरका रूपमा रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : २० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर