बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण « Khabarhub

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो ।

अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप पर्‍यो ।

आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता रु ७९० मा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको शेयरमा प्रतिकित्ता रु ११० को उतारचढाव देखिएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सोमबार ५.११ बिन्दुले बढेर नेप्से दुई हजार ८७५.४९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ बिन्दुले बढेर ५३३.५७ मा पुगेको छ । कूल २१९ कम्पनीको एक करोढ ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर रु सात अर्ब ७२ करोड ५छ लाख १२ हजार ७१६ मा खरिद बिक्री भए । सोमबारको कारोवार पछि बजार पूँजीकरण रु ३९ खर्ब ९४ अर्ब ७५ करोड ९५ लाख ८३ हजार ८७ बराबर पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.९५, होटल तथा पर्यटन २०.२७, लघुवित्र ११४.४, जीवन बीमा १४.०६, सामूहिक लगानी कोष ०.०२ र लगानी २.३५ बिन्दुले उकालो लाग्यो । यस्तै, व्यापार ३२.३२, विकास बैंक ७०.५८, जलविद्युत् ६५.९५, वित्त ५६.७, निर्जीवन बीमा ३७.२७, उत्पादन १२.४८ र अन्य उपसमूहको शेयर ३.९ बिन्दुले ओरालो लाग्यो ।

कारोवारका आधारमा नेपाल इन्स्योरेन्स रु ५२ करोड २४ लाख ८४ हजार ३५९, राधी विद्युत् कम्पनी रु ५२ करोड सात लाख ५९ हजार ९९१, एनआइसि एशिया बैंक रु ५० करोड २५ लाख १७ हजार ६१३ र सेञ्चुरी बैंक रु २८ करोड ६१ लाख ३४ हजार ९९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

लगानीकर्ताको आकर्षण देखिएको लघुवित्त उपसमूहकै सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.१७ प्रतिशतले कमाए । त्यस्तै, सिभिल लघुवित्त ८.०७, एचआइडिसिएल ७.६३, सिटिजन म्युअल फण्ड ४.९३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.६९ प्रतिशतले कमाए ।

त्यस्तै, वेष्ट फाइनान्स ५.४८, रिलायन्स फाइनान्स ४.९८, राधी विद्युत् कम्पनी ४.६८, आइसिएफसी फाइनान्स ४.५३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ३१ बजे

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले