भोलिदेखि सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीमा चल्ने, यस्ता छन् मापदण्ड | Khabarhub Khabarhub

भोलिदेखि सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीमा चल्ने, यस्ता छन् मापदण्ड


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पार्दै भोलि (मङ्गलबार)देखि काठमाडौँ उपत्यकाभित्र जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन पनि सञ्चालन हुने भएका छन् ।

सबै सार्वजनिक सावरी साधन भन्ने चल्ने छैनन् । २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने निर्णय भएको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सवारीसाधन सञ्चानल गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसङ्क्रमित गर्नुपर्नेछ । सवारीसाधन बिहान ६ :०० देखि साँझ ७:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

यसैगरी निजी सवारीसाधन (कार जीप, भ्यान)को हकमा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाइने छ । मोटरसाइकल/स्कुटरसमेत जोर बिजोर प्रणालीमा (जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका) चलाउन पाइने छ । स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् । तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत बस्तु बिहान ९ : ०० देखि ११: ०० र अपराह्न ४:०० देखि ७:०० बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ ।

सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९:०० देखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ५७ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको