पक्राउ परेका सपना रोका मगरसहित हाम्रो टिम नेपालका १७ अभियन्ता रिहा « Khabarhub

पक्राउ परेका सपना रोका मगरसहित हाम्रो टिम नेपालका १७ अभियन्ता रिहा


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका हाम्रो टीम नेपालका १७ जना अभियन्ता रिहा भएका छन् ।

महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई सोमबार बिहान ११ बजे पक्राउ गरिएको थियो । आज साँझ उनीहरुलाई रिहा गरिएको हो ।

सबैजनालाई प्रहरीले पक्राउ गरेर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखेको थियो ।

काठमाडौँ महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको थियो । जग्गा खाली गराउने क्रममा हाम्रो टिम नेपालका अध्यक्षसहित केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटकपटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।

सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियानी विमल पन्त, सपना लगायतका अभियानीहरुलाई नियन्त्रणमा लिएको थियो।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।

यो पनि पढौँ

‘हाम्रो टिम नेपाल’ ले कब्जा गरेको सरकारी जग्गा खाली गराइयो, अध्यक्षसहित केही पक्राउ 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ४६ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन