मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा « Khabarhub

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा छन् ।

गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् ।

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको हो । जसपाको आधाकारिकता विवाद टुंगिए पनि नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने नजाने टुंगिएको छैन । नेता नेपालले पार्टीभित्रको विवाद हल हुने अपेक्षासहित सरकारमा जानेनजाने बारे गठबन्धनमा खुलस्त भनेका छैनन् भने देउवा र प्रचण्ड नेपालसमूहसहितका नेतालाई सरकारमा पठाउने गरी गृहकार्य गरिरहेको छ ।

उनीहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । गठबन्धनमा आबद्ध दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : १४ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा