आज विश्व हेपाटाइटिसविरुद्धको दिवस « Khabarhub

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस

हेपाटाइटिसको जोखिमलाई ध्यान दिन आह्वान


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व हेपाटाइटिसविरुद्धको दिवस । ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित आज मनाइँदैछ ।

हरेक वर्ष जुलाई २८ तारिखमा हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । कोरोना सङ्क्रमणसँगै हेपाटाइटिसको जोखिम पनि रहेकाले ध्यान दिन आह्वान गरिएको छ ।

अरु मौसमभन्दा बर्खामा यो रोग बढी देखा पर्छ । हेपाटाइटिसको भाइरस सङ्क्रमणका कारण कलेजो सुन्निने गर्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । त्यसमध्ये हेपाटाइटिस बी सबैभन्दा घातक मानिन्छ ।

पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारीरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्कोमा सजिलै सर्ने गर्छ । हेपाटाइटिस ए र ई पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । जसलाई जन्डिस लागेको भनेर बुझ्ने गरिएको छ । त्यस्तै हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ लाई मौन महामारी मानिन्छ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई बढी सताउने गरेको विज्ञको भनाइ छ ।

धेरैलाई यो रोग लागेको थाहा नहुँने र अरुलाई समेत सार्ने गरेको पाइएको छ । दूषित पानी तथा खानेकुरा नखान, साबुन पानीले बेलाबेला राम्ररी हात धुन, असुरक्षित सुईको प्रयोग नगर्न र असुरक्षित यौन सम्पर्क नगर्न तथा हेपाटाइटिस विरुद्धको खोप लगाउन सरुवा रोग विशेषज्ञ डाक्टर सागरराज राजभण्डारीको सुझाव छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : १२ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम