सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बन्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई | Khabarhub Khabarhub

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बन्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सत्तारूढ गठबन्धनको बैठकले सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव २ घण्टा बसेको गठबन्धनको बैठकले सरकार सञ्चालनको लागि गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम बनाउने समझदारी भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

बैठकले मन्त्रालय भागबण्डा र मन्त्री छान्ने जिम्मा शीर्ष नेतृत्वलाई दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् विस्तारअघि गठबन्धनमा आवद्ध पाँच वटै दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाको विषय टुंग्याउने खड्काले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता टुंगिएको तथा एमालेको माधव नेपाल समूहले पनि छिट्टै सरकारमा सहभागिताबारे निर्णय दिएपछि मन्त्रिपरिषद विस्तारको तयारी भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, कृष्ण प्रसाद सिटौला सहभागी थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा सहभागी थिए । गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट डाक्टर विजय पौडेल सहभागी थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ५० बजे

माओवादी बैठकमा तीन नेताको प्रस्तावबारे छलफल हुँदै, समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

ढोरपाटन– निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री

‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन

दशैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

चितवन– चितवन राष्ट्रिय निकुञ्जले दशैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

यूएई- पाकिस्तानले एशिया कप २०२५ मा बंगलादेशलाई हराउँदै फाइनलमा स्थान