कोरोनाविरुद्धको खोप प्रदेश सरकारको प्राथमिकतामा « Khabarhub

कोरोनाविरुद्धको खोप प्रदेश सरकारको प्राथमिकतामा


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप आफूहरूको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा उनीहरूले जनअपेक्षाअनुसार खोप उपलब्ध गराउने कुरामा आफूहरू लागेको बताएका हुन् ।

गण्डकीमा आमसञ्चार विधेयक ल्याउनुपूर्व पत्रकारको सुझावअनुसार अघि बढ्ने बताउँदै मन्त्रीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरू प्रतिबद्ध रहने बताए ।

पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्यमान्यताविपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताउँदै सञ्चारजगत्कै कारण देशमा ठूला ठूला परिवर्तन ल्याउन सम्भव भएको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रताको रक्षा भएमात्र देशमा लोकतन्त्रको रक्षा हुने उनले भने ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले अहिलेको प्रमुख आवश्यकता कोरोनाविरुद्धको खोप भएकाले तीनै तहको सरकार मिलेर खोप उपलब्ध गराउने बताए ।

कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चारजगत बाँच्ने र बचाउनका लागि आफू लागिपर्ने बताए ।

कोरोनाबाट सबै क्षेत्र तहसनहस भएको बताउँदै उहाँले सञ्चारक्षेत्र झन जोखिमयुक्त क्षेत्र भएको उल्लेख गरे । मन्त्रालयमा रु ८८ करोड बजेट रहेकोमा सञ्चार क्षेत्रका लागि रु दुई करोड बजेट रहेको उनले जानकारी दिए ।

उक्त अवसरमा युनियनका तर्फबाट नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ  ।उनीलाई बधाईपत्रका साथमा माला र खादा ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, केन्द्रीय सचिव केवी राना, युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, युनियनका सल्लाहकार रवीन्द्र बाँस्तोला, गङ्गाधर पराजुली, शिरोमणि बराल, जिल्ला उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेललगायतले जनताको हितलाई ध्यानमा राखेर काम मन्त्रीहरुलाई आग्रह गर्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी नहुने गरी काम गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ३० बजे

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६