आफ्ना मागहरु बेवास्ता गरिएको भन्दै टेलिकमका कर्मचारी आन्दोलित « Khabarhub

आफ्ना मागहरु बेवास्ता गरिएको भन्दै टेलिकमका कर्मचारी आन्दोलित


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्मचारीको हक र हित विपरित नयाँ नियमावली लागू गरेको भन्दै नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् । विभिन्न चरणको आन्दोलन  गर्दै आएका उनीहरुले बुधबार टेलिकमको कार्यालयमा धर्ना बसेका हुन् ।

२०६१ को विनियमावली परिवर्तन गरेर नयाँ जारी गर्दा खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले कार्यालय हाताभित्रै विरोध जनाएका हुन् ।

आफ्ना मागबारे व्यवस्थापन पक्षले बेवास्ता गरेपछि आफूहरु धर्नालगायत अन्य विरोध कार्यक्रम सञ्चालन गर्न बाध्य भएको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद पनेरुले जानकारी दिए ।

टेलिकमले साउन १ गतेबाट नयाँ नियमावली लागू गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ०९ बजे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय

सन फार्माले अर्गानन किन्न सहमति

मुम्बई– भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने

खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

चट्याङ लागेर दुई जनाको मृत्यु

प्युठान– गौमुखी गाउँपालिका-६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र

युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं– लेबनानमा लागू गरिएको युद्धविरामका बीच इजरायलले गरेको आक्रमणमा १४