स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र १२ को परीक्षा सञ्चालन गर्न संसदीय समितिको निर्देशन « Khabarhub

स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र १२ को परीक्षा सञ्चालन गर्न संसदीय समितिको निर्देशन


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने समिति सभापति जयपुरी घर्तीले बताइन् । परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्य सम्बन्धी मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुटै होमसेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने जानकारी दिए ।

बोर्डले परीक्षाका लागि अनलाइनबाट पनि प्रश्नपत्र पठाउने उनले बताए ।

बैठकमा समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

समिति सदस्य विद्या भट्टराईले विद्यार्थीलाई भीडभाड नगरीकन परीक्षा दिनपाउने वातावरण बनाउनुपर्ने आवश्यकता औल्याए ।

बोर्डका अनुसार करीब चार लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछ । बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ४० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने