स्थानीयको आक्रोश : जनप्रतिनिधिका आसेपासेको पहुँचमा खोप, हामीलाई कहिले ? | Khabarhub Khabarhub

स्थानीयको आक्रोश : जनप्रतिनिधिका आसेपासेको पहुँचमा खोप, हामीलाई कहिले ?


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा कोरोना विरुद्धको खोप समान तवरले वितरण नभएको भन्दै स्थानीयले खोप केन्द्रमा विरोध गरेका छन् ।

खोप वितरण केन्द्र व्यवस्थित नभएको तथा खोप वितरणमा असपमान व्यवहार भएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका १३ पिडारीस्थित खोप केन्द्रमा जनप्रतिनिधिले आसेपासेलाई मात्र खोप दिएको भन्दै सेवाग्राहीहरुले विवाद गरेका हुन् ।

कार्यबाहक वडाध्यक्ष भारती सिंहले सेवाग्राहीलाई खोप नदिएर चोरबाटोबाट आफन्तलाई खोप दिएको आरोप लगाए ।

सरकारले ५० वर्ष उमेर समूह भन्दा माथिकोलाई खोप दिन पत्राचार गरे पनि सो अनुरुप नभइ पहुँचका भरमा कम उमेर समूहका व्यक्तिलाई खोप दिएको ५६ वर्षीय परमेश्वर साहले आरोप लगाए ।

‘उमेर समूहअनुसार खोप वितरण भएको छैन्,’उनले भने, ‘वडाध्यक्षले आफ्नो नातेदार र आसेपासेलाई पनि खोप दिएका छन् । जो ५० वर्ष पनि पुगेका छैनन् ।’

सरकारले पत्राचार गरे अनुसार खोप वितरणको उचित प्रबन्ध नभएको उनले गुनासो पोखे ।

वडा सदस्य राजकिशोर राउतले वडाध्यक्षले खोपमा मनोमानी गरेको आरोप लगाए । खोप जनतालाई नदिएर आफ्नै व्यक्तिलाई प्राथमिकतामा राखेर दिने गरेको उनले आरोप लगाए ।

‘वितरण प्रणाली समान छैन । नेताको मान्छे आयो अर्को ढोकाबाट उसलाई अरु भन्दा पहिले खोप दिन्छन्,’उनले भने, ‘जनता चर्को घाममा लाइनमै बसेका छन् । दुई दिनदेखि लाइनमा बसेको व्यक्तिले खोप पाउन सकेका छैनन् ।’

यस्तै, वडा नम्बर ८ को खोप केन्द्रमा पनि सोही समस्या देखिएको स्थानीय बताउँछन् । चर्को घाममा बसेर पनि खोप लगाउन नपाएपछि बुधबार सो खोप केन्द्रमा पनि स्थानीयले विरोध गरेका थिए ।

विवादले चर्को रुप लिएपछि प्रहरीको रोहबरमा खोप वितरण सुरु गरिएको छ । स्थानीय चन्दन मण्डलका अनुसार सेवाग्राहीलाई खोप नदिएर पहुँचकै भरमा वडा बाहिरको व्यक्तिलाई समेत खोप दिने गरेको उनले आरोप लगाए ।

बाहिर चर्को घाममा स्थानीय सेवाग्राही लाइन बसे पनि उनीहरुलाई कहिले खोप कार्ड सकिएको त कुनै बेला खोप नै नरहेको भन्दै कर्मचारी र स्थानीय जनतप्रतिनिधिले बहाना देखाएर टारेको मण्डलले बताए ।

चर्को घाममा लाईनमा बसेकै समयमा दुई जना महिला बहोस भएपछि स्थानीय आक्रोशित बनेका थिए । केहीबेर स्थानीय र कर्मचारीबीच घम्साघम्सीसमेत भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीकै रोहबरमा खोप वितरणको काम अघि बढाएको थियो ।

धनुषामा मंगलबारदेखि वडा कार्यालय र जनस्वास्थ्य कार्यालयबाट खोप वितरण शुरु गरिएको छ । वडा कार्यालय र जनस्वास्थ्य कार्यालयमा कोरोना विरुद्धको खोप लगाउनेको घुइँचो लागेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ४५ बजे

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेसनमा पठाउने

लस एन्जलस– अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले आगामी सोमबार

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने 

धुलिखेल– बागमती प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ– दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा