सोफा कारखानामा आगलागी हुँदा १ करोड ६० लाख बराबरको धनमाल जलेर नष्ट « Khabarhub

सोफा कारखानामा आगलागी हुँदा १ करोड ६० लाख बराबरको धनमाल जलेर नष्ट


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिका १७ स्थित वनस्थली चोक नजिकै रहेको थ्रीडी फर्निचर तथा सोफा कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

आज दिउँसो करीव ४ बजे भएको आगलागी सशस्त्र प्रहरीले पाँच वटा दमकल र पाँच वटा ट्यांकरको सहयोगमा नियन्त्रणमा लिएको हो ।

धादिङ्ग घर भएका रामहरी धरेल र भारतीय नागरिक विजय शर्माले संचालन गरेको उक्त फर्निचर कारखानामा विद्युतीय तार सर्ट भई आगलागी भएको बताइएको छ ।

आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वालाजुबाट सशस्त्र प्रहरी निरीक्षक प्रमिला श्रेष्ठकको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको कमाण्डमा ३५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखीबाट श्यामसंगती महर्जनको कमाण्डमा खटिएको ३५ जना सशस्त्र प्रहरीको टोलीले उक्त आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीबाट करीव १ करोड ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ५० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी